काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज फेरि उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबारको दिन हिजो १२ सय रुपैयाँले बढेको सुन आज ८ सय रुपैयाँले बढेको जनाएको छ ।
आज सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८०० पुगेको हो । यस्तै तेजाबी सुन १ लाख ९ हजार ३०० पुगेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो चाँदी सोही मूल्यमा कारोबार भएको थियो । रूस–युक्रेनको युद्ध सुरु भएसँगै बढ्न थालेको सुनको मूल्य दिनप्रतिदिन महँगो हुँदै गएको सरोकारवालाको भनाइ छ ।
द्वन्द्व, अस्थिरता र अराजक गतिविधि बढ्दै गएमा मानिसले सम्पत्ति सुरक्षित गर्ने क्रममा सुन किन्ने हुँदा मूल्य बढ्ने प्रवृत्ति छ । अन्तर्राष्ट्रिय स्तरमै सुनको मूल्य अत्यधिक बढ्न थालेकाले तुलनात्मक रूपमा यसको प्रभाव नेपालमा पनि परेको महासंघको भनाई छ ।
प्रतिक्रिया