देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालको साक्षरतादर ७६ प्रतिशत

देशान्तर

काठमाडौं–  नेपालमा साक्षरतादर ७६.३ प्रतिशत पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेकोमा देशका ५ वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसङ्ख्यामा साक्षरतादर ७६.३ प्रतिशत रहेको छ ।

पुरुषको साक्षरतादर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरतादर ६९.४ प्रतिशत रहेको छ । १० वर्षको अवधिमा ११ प्रतिशतले साक्षरता दर बढेको छ ।

अघिल्लो अर्थात् २०६८ को जनगणनामा कुल साक्षरता दर ६५.९ प्रतिशत थियो । पुरुषको साक्षरतादर ७५.१ प्रतिशत र महिलाको साक्षरतादर ५७.४ प्रतिशत रहेको थियो ।