काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको जनसङ्ख्या असन्तुलित देखिएको बताएका छन् । शुक्रबार नेपालको जनगणनाको तथ्याङ्क सार्वजनिक गर्दै प्रचण्डले हिमाल र पहाडमा जनसङ्ख्या घटेको र तराईमा जनसङ्ख्या बढेको पाइएको बताएका हुन् ।
उनले अब देशको जनसङ्ख्याका आधारमा विकासको नयाँ योजना बनाउन आवश्यक रहेको बताए । नयाँ तथ्याङ्क अनुसार नेपालको विकासको नयाँ योजना बनाउन सहज हुने प्रधानमन्त्री दाहालको भनाइ छ ।
उनले कोरोना महामारिका कारण समयभन्दा ५ महिना ढिलो गरी जनगणना सम्पन्न भएको बताए ।
प्रतिक्रिया