राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा आज सार्वजनिक गरिँदै छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका विच अन्तिम नतिजा सार्वजनिक गर्न लाग्नु भएको हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिन लगाएर १२ औँ राष्ट्रिय जनगणना गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गएको वर्ष माघमै केन्द्रीय तथ्याङ्क विभागले तयार गरेको थियो । अहिले सो विभाग राष्ट्रिय तथ्याङ्क कार्यालय वनाइएको छ । जसअनुसार नेपालको प्रारम्भिक जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० छ ।
सङ्कलित तथ्याङ्क विश्लेषण गरेर दुई महिनाअघि नै जनगणनाको सम्पूर्ण तयारी पूरा भए पनि अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको थियो । नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । जनगणनाबाट मुख्यतः देशको जनसाङ्ख्यिक अवस्थासहित सामाजिक अवस्था, आर्थिक स्थिति, घरपरिवारको अवस्था, शिक्षा, स्वास्थ्य, खानेपानी, इन्धनलगायतका आधारभूत आवश्यकतामा नागरिकको पहुँचलगायतका विषय समेटिने गरेको छ ।
प्रतिक्रिया