देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईजीपी नियुक्त गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैँ

देशान्तर

नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नका लागि आज मन्त्रिपरिषद् बैठक बस्दै छ । नियमित बैठक विहिवार बस्नुपर्ने भएपनि नेपाल प्रहरीको महानिरीक्षक नियुक्तका लागि बैठक आज सारिएको हो । दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिवार बाट अवकाशमा जादै हुनुहुन्छ । उहाँलाई आजै बिदाइ समेत गरिने तयारि भएको छ । सिंहको अवकाश सँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । आईजीपी हुने प्रतिस्पर्धामा मुख्यत वसन्त कुँवर र श्यामलाल ज्ञवाली अगाडि देखिएका छन् । वसन्त कुँवर मेरिट लिस्टको एक नम्बरमा रहनु भएको छ । मेरिटमा अगाडि भएको हुनाले कुँवरलाई मुख्य दाबेदारको रूपमा हेरिएको छ । कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गर्नु भएको थियो ।

कुँवरसँगै प्रहरी सेवामा प्रवेश गर्नु भएका श्यामलाल ज्ञवाली मेरिट लिस्टको चौथो नम्बरमा रहनु भएको छ । आईजीपीको प्रतिस्पर्धामा ज्ञवालीले एक नम्बर वरियताका कुँवरलाई चुनौती दिनु भएको छ । ज्ञवालीलाई आईजीपी बनाउन माओवादी केन्द्रका दोस्रो तहका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिएका छन् । एआईजी ज्ञवाली महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलसँग पनि निकट मानिनुहुन्छ ।

५ जना अतिरिक्त महानिरीक्षक(एआईजी)हरु आईजीपीको दाबेदार हुन् । चैत ६ मा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार हुन् । तर, उनीहरूमध्ये पछिल्लो समय दुई जनाको बीचमा तीव्र प्रतिस्पर्धा देखिएको छ ।