देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैंक बिदाको सूची सार्वजनिक, कति दिन हुन्छ ? (सूचीसहित)

देशान्तर

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकले पाउने बिदाको सूची सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंकले बैंकहरुलाई अत्यावश्कीय सेवामा राख्दै २०८० साल वैशाखदेखि चैतसम्म बैंक बन्द हुने समय निर्धारण गरेको हो ।

जसअनुसार नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द हुनेछ । दशैंमा ६ दिन र तिहारमा ५ दिन सहित २०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रुपमा प्रभावित हुने राष्ट्र बैंकले जनाएको छ ।

जसमध्ये २० दिन भने बैंकहरुले नगद भुक्तानी ईसीसी, सार्वजनिक ऋण व्यवस्थापन लगायका आकस्मिक बैंकिङ सेवा बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन गर्नेछन् । यस्तै दशैंमा ६ दिन र तिहारमा ५ दिन सहित १५ दिन भने पूर्ण रुपमा बैंकिङ सेवा बन्द हुनेछ । इन्द्र जात्रा, भोटो जात्रा, गाइ जात्रा, घोडेजात्राको दिन काठमाडौं उपत्यकामा पूर्ण बिदा हुनेछ । तर, सीमित बैंकिङ कारोबार सहित फागु पूर्णिमामा पहाडी र हिमाली जिल्लामा तथा त्यसको भोलिपल्ट तराईका जिल्लामा बिदा हुनेछ । यस दिनमा पनि सीमित बैंकिङ सेवा भने उपलब्ध हुनेछ ।

१ वैशाखदेखि १५ कात्तिकसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसमम्म कार्यलय समय र बिहान १० बजेदेखि साँझ ४ बजेसमम बैंकिङ समय हुने राष्ट्र बैंकले जनाएको छ । यस्तै १६ माघदेखि चैत मसान्तसम्म पनि कार्यायल सयम १० बजेदेखि ५ बजेसम्म र बैंकिङ समय १० बजेदेखि ४ बजेसम्म हुनेछ ।

१६ कात्तिकदेखि १५ माघसमम भने कार्यलय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसमम र बैंकिङ समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । शुक्रबार भने कार्यलय समय १ः३० सम्म र बैंकिङ समय १२ः३० सम्म हुनेछ ।