काठमाडौं– साप्ताहिक कारोबारको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तोलामा १ हजार २०० रुपैयाँले बढेपछि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार भने सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको थियो । बुधबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३६० रुपैयाँ पुगेको छ । यसअघि बुधबार चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया