काठमाडौं – सत्ता गठबन्धनका दलहरुबीच सरकार विस्तारबारे आज प्रारम्भिक छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकारलाई समर्थन गर्ने दलको बैठकमा मन्त्रिपरिषद विस्तारमा प्रारम्भिक छलफल मात्रै भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लेखकले आज देशको समसायिक राजनीतिका विषयमा छलफल भएको बताए ।कुन–कुन पार्टीले कति मन्त्रालय पाउने निश्चित नभई नसकेको र अहिले त्यसबारेमो प्रारम्भिक छलफल मात्रै भएको बताए।
बैठकमा माओवादीका अयोग्य लडाकुलाई दुई लाखका दरले रकम दिने भन्ने विषयमा समेत कुरा उठेको थियो । प्रधानमन्त्रीले त्यस्तो निर्णय नभएको जानकारी गराएको लेखकले बताए।
चैत ६ गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले यही साता सरकारलाई पूर्णता दिने तयारी गरिरहेका छन् । तीन दलले सरकार छाडेपछि अहिले १६ मन्त्रालय प्रधानमन्त्री प्रचण्डको काँधमा छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।
प्रतिक्रिया