काठमाडौं– काठमाडौं जिल्लामा कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप दिइँदै छ । बुधबारदेखि स्वास्थ्य कार्यालय काठमाडौंले पाँचवटा वर्गलाई प्राथमिकतामा राखेर फाइजर बाइभ्यालेन्ट खोप दिन लागेको हो ।
५५ वर्षमाथिका नागरिक, गर्भवती, स्वास्थ्यकर्मी तथा १२ वर्षमाथिका दीर्घरोगी र रोग प्रतिरोधी क्षमता कम भएकालाई खोप दिइनेछ ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीका अनुसार सबै वडास्तरका वडा किलनिकहरूबाट खोप दिन लागेको हो । पहिलो बुस्टर डोज लगाएको ६ महिना पुरा भएकाहरूले दोस्रो बुस्टर खोप लगाउन मिल्छ ।
फाइजर बाइभ्यालेन्ट खोपले ओमिक्रोनका नयाँ सब भेरियन्टविरुद्ध पनि काम गर्ने जनाइएको छ । काठमाडौंमा आजदेखि तीन दिनसम्म यो खोप दिइनेछ ।
प्रतिक्रिया