देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकतन्त्रमा व्यक्तिगत फोन ट्यापिङ स्वीकार्य छैन: शेखर कोइराला

देशान्तर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रमा व्यक्तिगत फोन ट्यापिङ स्वीकार्य नहुने बताएका छन् । सरकारले ल्याउन लागेको दुरसञ्चार विधेयकमा सरकारी अधिकारीले नै व्यक्तिको फोन ट्याप गर्ने प्रावधान राखेको समाचार सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन् ।

“लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन,” डा. कोइरालाले भनेका छन्, “विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि वढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ ।”

उनले नागरिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग जोडिएको विषयमा राजनीतिक दल, मानवअधिकारकर्मी र नागरिक समाजको ध्यानाकर्षण गरेका छन् । “राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगतको समेत ध्यान जाओस,” कोइरालाले भनेका छन् ।

सरकारले नागरिकका व्यक्तिगत फोन सरकारी अधिकारीले नै ट्याप गर्ने र उनीहरूले नै फोन नचल्नेसम्म बनाउन सक्ने प्रावधानसहितको मस्यौदा तयार पारेको समाचार सार्वजनिक भए पछि कोइरालाले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने तयार भएको मस्यौदा अन्तिम नभएको भन्दै नेपाल दुर सञ्चार प्राधिकरण र सरोकारवालाको परामर्शपछि मात्र यसको टुंगो लाग्ने बताएको छ ।