देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का महशुस, पाकिस्तानमा ९ को मृत्यु

देशान्तर

अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । यससँगै पाकिस्तान, चीनलगायत धेरै देशमा लामो समयसम्म कम्पन महशुस गरिएको थियो । पाकिस्तानमा इस्लामाबाद लगायत पञ्जाब, खैबर पख्तुनख्वा र बलुचिस्तानका विभिन्न सहरहरूमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो। पाकिस्तानमा भूकम्पका कारण नौ जनाको मृत्यु भएको छ भने एक सय जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार खैबर पख्तुनख्वाको प्रकोप व्यवस्थापन प्राधिकरणको रिपोर्टले प्रान्तमा छाना, पर्खाल र घर भत्किने घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको र छ जना घाइते भएको बताएको छ। भूकम्पका कारण आठ घरमा क्षति पुगेको छ ।

सोही क्रममा स्वात जिल्ला प्रहरी अधिकारी शफिउल्लाह गण्डापुरले जिल्लामा ९ जनाको मृत्यु भएको र १५० जना घाइते भएको सञ्चारमाध्यमलाई बताए । घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको उनले बताए । खैबर-पख्तुनख्वा प्रान्तको स्वाबीमा भूकम्पका कारण एक घरको छाना खसेको छ । जसमा एकै परिवारका पाँच जना घाइते भएका छन् ।

यसैबीच भूकम्पका कारण पहिरो खसेपछि बहराइन–कलम सडक अवरुद्ध भएको छ । टिभी च्यानलहरूमा प्रसारित फुटेजहरूमा आतंकित मानिसहरू सडकमा निस्किएको देखाइएको थियो। भूकम्पका बेला रावलपिण्डीको बजारमा भागदौडजस्तै अवस्था सिर्जना भएको थियो ।

प्रारम्भिक जानकारीका अनुसार अफगानिस्तानको फैजाबादबाट ७७ किलोमिटर दक्षिणपूर्वमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । पाकिस्तानको पेशावर, कोहाट र स्वाबीमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । यसबाहेक लाहोर, क्वेटा र रावलपिंडीमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । आतंकित मानिसहरु घरबाहिर निस्किए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको गुजरनवाला, गुजरात, सियालकोट, कोट मोमिन, मध रन्झा, चकवाल, कोहाट र गिलगिट-बाल्टिस्तान क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। भारतमा पनि धेरै राज्यमा फैलिएको उत्तरी क्षेत्रका जनताले भूकम्पको शक्तिशाली धक्का महसुस गरेका छन् ।

मंगलबार राति १०.१९ बजे दिल्ली-एनसीआरमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो। यसको तीव्रता रिक्टर स्केलमा ६.६ मापन गरिएको थियो । भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको फैजाबाद रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का यति शक्तिशाली थियो कि मानिसहरु आत्तिएर घरबाहिर निस्केका थिए । दिल्ली सहित उत्तराखण्ड, पञ्जाबमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । जताततै अराजकता थियो । भूकम्पको धक्का दुई–तीन पटक महसुस गरिएको थियो । यद्यपी भूकम्पबाट कुनै क्षतिको विवरण भने आएको छैन ।