देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा आणविक कानून आवश्यक: उपसभामुख

देशान्तर

काठमाडौं– उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानून आवश्यक रहेको बताएकी छन् । मंगलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानूनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उपसभामुख रानाले यस्तो बताएकी हुन् ।

उनले नेपाल शान्तिको देश भएको र नेपालीले शान्ति चाहने भन्दै छिमेकी देशहरूले आणविक शक्ति प्रयोग गर्दा पर्ने असरको क्षतिपूर्ति उनीहरूले दिनुपर्ने माग गरिन्। उनले नेपाल दुई ठूला देशको बीचमा रहेकाले नेपाललाई आणविक खतरा रहेको पनि उल्लेख गरिन् ।

उनले जलवायु परिवर्तनका कारण नेपालले धेरै असर खेप्नुपरेको पनि बताइन् ।

उब्जनी नहुने तथा पानीका मूल सुक्ने समस्याका कारण बसाइँ सर्नुपर्ने अवस्था समेत आउन थालेको उनको कथन छ । उनले भनिन्‚  ‘जलवायु परिवर्तनले गर्दा हाम्रो जनजीवन अस्तव्यस्त छ । जलवायु परिवर्तनले विश्वव्यापी असर पारेको छ। नेपालले झन् धेरै असर खेप्नुपरेको छ । मान्छेहरूले उत्पादन गर्न सकेको छैन । उब्जनी छैन‚ भोकै बस्नुपरेको छ । पानीको स्रोतहरू बन्द भएर मान्छेहरू बसाइँ सरिरहेका छन् । नेपाल शान्तिको देश हो । हामी शान्ति चाहन्छौँ । छिमेकीहरूले आणविक हतियार प्रयोग गरेर केही भयो भने तिनीहरूले क्षतिपूर्ति दिनुपर्छ । दुई ठूला देशका बीचमा भएकाले हामीलाई अवश्य पनि खतरा छ। हामीलाई आणविक कानून आवश्यक छ ।’