देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपा एसले सरकारमा आफ्नो हिस्सेदारी खोज्ने

देशान्तर

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा आफ्नो हिस्सेदारी खोज्ने भएको छ । मंगलबार बसेको सचिवालय बैठकले गठबन्धन दलभित्र आफूहरूले पाएको मन्त्रालय संख्याको आधारमा निर्णय गर्ने भएको हो ।

सम्मानित नेता झलनाथ खनालले गठबन्धनमा मन्त्रालयको टुंगो लगाएपछि पार्टीले निष्कर्ष निकाल्ने बताए । खनालले गठबन्धनभित्र भागबन्डाको टुंगो लगाउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिइएको जनाए ।

‘सरकारमा कसरी जाने, के उद्देश्यले जाने, के नीति तथा कार्यक्रमका साथमा जाने, सरकारमा पार्टीका निम्ति के कति हिस्सेदारी हुन्छ, ती सबै कुराहरूको बारेमा छलफल गरेर मात्रै एउटा टुंगोमा पुग्ने खनालले बताए ।

एकीकृत समाजवादी पार्टीका नेताहरूले गृहसहित तीन वटा मन्त्रालयमा दाबी गर्ने बताइरहेका छन् ।