भक्तपुर । भक्तपुरको सूर्य्विनायक नगरपालिका–२ चिलाउनघारीमा बा २ ज २३५२ नम्बरको ट्याक्सी सडकबाट १५० मिटर तल खोल्सामा खस्दा मंगलबार दुईजनाको ज्यान गएको छ ।
दुर्घटनामा ट्याक्सी चालक सिन्धुपाल्चोक मांखाका २४ वर्षका बुद्धिबहादुर लामा र ट्याक्सीमा यात्रा गरिरहेका सिन्धुपाल्चोक सिम्लेका वर्ष ४० का मानबहादुर तामाङको ज्यान गएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।
सोमबार राति भएको दुर्घटनामा घाइते भएका तामाङ र कृष्ण तामाङका मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया