काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको गाडीको झण्डा नै झिकेर प्रदर्शनकारीहरूले अवरोध गरेका छन् ।
मुख्यमन्त्री कार्की चढेको गाडीमा तोडफोडको प्रयास भएको हो । सोमबार सिद्धिचरण नगरपालिका ११ गोरूमारे भन्ज्याङमा आन्दोलनकारीले तोडफोडको प्रयास गर्नुका साथै मन्त्रीको गाडीमा प्रयोग हुने झण्डासमेत झिकिदिएका हुन् ।
कोशी प्रदेश नामांकनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले मुख्यमन्त्रीलाई कालो झण्डासमेत देखाएका थिए ।
कोशी प्रदेश नामकरणको विरोध गर्दै नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा लगायत पदाधिकारीहरुले मुख्यमन्त्री विरूद्ध प्रदर्शन गर्दै आएका छन् ।
मुख्यमन्त्री कार्की भने आइतबारदेखि ओखलढुङ्गामा रहदै आउँभएको छ । सिद्धिचरण नगरपालिका १ मा एक कार्यक्रमका लागि हिँडेका बेला अवरोधसहित मुख्यमन्त्री सवार गाडीमा तोडफोड प्रयास भएको हो ।
कोशी प्रदेशका विभिन्न स्थान साथै संघीय राजधानी काठमाडौंमा पनि पहिचान पक्षधरहरूले कोशी नामकरणको विरोध गर्दै आएका छन् ।
प्रतिक्रिया