काठमाडौं । अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता जनाएका छन् ।
सुनसरीको इनरुवामा सञ्चारकर्मीहरु सँगको कुराकानीमा अर्थविद् डा. पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्थाप्रति चिन्ता लिएको बताउनुभएको छ ।
उहाँले विकास खर्चलाई र देशमा तलव खुवाउनका लागि समेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी समेत दिनुभएको छ । दल र नेता स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा मुलुकको अर्थतन्त्र बिग्रँदै गएको उहाँको बुझाइ छ ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका अर्थविद् डाक्टर पोखरेलले मुलुकको आर्थिक अवस्था खस्किनुको मूल कारण देशको राजनीतिक अस्थिरता रहेको बताउनुभएको छ ।
नेताहरुमा गम्भीरता नै नरहेको र सरकार तथा मन्त्रीहरुमा जिम्मेवारी लिने र संरचना सुधारमा लाग्ने भोक नरहेको दाबी उहाँको दाबी छ ।
अर्थविद् पोखरेलले अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थायित्वसँगै नियम, कानुन फेरबदलको खाँचो रहेको सुझव दिनुभएको छ ।
प्रतिक्रिया