देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आफूलाई पक्राउ गर्न लागिएको भन्दै समर्थकहरूलाई सामूहिक प्रदर्शन गर्न ट्रम्पको अनुरोध

देशान्तर

एजेन्सी । ट्रम्पका वकिलहरूले अहिलेसम्म कुनै कानुनी जानकारी नपाएको बताएका छन् ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई मङ्गलवार पक्राउ गरिने अपेक्षा गरेको भन्दै आफ्ना समर्थकहरूलाई सामूहिक प्रदर्शन गर्न अनुरोध गरेका छन् ।

तर उनका वकिलहरूले कानुन कार्यान्वयन गर्ने निकायबाट कुनै खबर नआएको जनाउँदै पूर्व राष्ट्रपतिको टिप्पणी सञ्चारमाध्यमका विवरणमा आधारित रहेको बताएका छन् ।

अभियोजनकर्ताहरूले ट्रम्पलाई अभियोग लगाउने सम्भावनाबारे अध्ययन गरिरहेका छन्। खबरहरूमा त्यो यो सातामा हुनसक्ने जनाइएको छ । यदि अभियोग लगाइएको खण्डमा त्यो अमेरिकाका पूर्व राष्ट्रपतिमाथि लागेको पहिलो फौजदारी मुद्दा हुनेछ ।

यो मामिला ट्रम्पको तर्फबाट उनका वकिलले वयस्क चलचित्रकी एक जना नायिका स्टोर्मी ड्यानीयल्स्लाई आफूसँगको सम्बन्धबारे मौन बस्न भन्दै सन् २०१६ को राष्ट्रपति चुनावअघि दिएको रकमसँग सम्बन्धित छ । यो ७६ वर्षका ट्रम्पमाथि भइरहेका कैयौँ अनुसन्धानमध्ये एक हो ।

उनलाई हालसम्म कुनै अभियोग लगाइएको छैन । ट्रम्पले आफूले कुनै पनि गल्ती नगरेको बताउने गरेका छन् । ड्यानीयल्स् र अरू महिलाहरूलाई मौन बस्न भन्दै ट्रम्पका वकिलहरूले उनका तर्फबाट पैसा दिएका थिए । यो मुद्दामा ग्रान्ड ज्यूरी भनिने कानुनी निकायसँग प्रत्यक्षदर्शीहरूले बयान पनि दिएका छन् ।

सो निकायले ट्रम्पमाथि अभियोग लगाउने वा नलगाउने निर्णय लिनेछ ।