देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माधव नेपालको आग्रह

देशान्तर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विषयमा पार्टीहरुका बिचमा सहमति भइसकेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो विधेयकको सम्बन्धमा विभिन्न पार्टीहरुका बीचमा सहमति भइसकेको बताउनुभएको हो ।

उहाँले सत्तारुढ दलहरुका बीचमा यस विधेयकको सम्बन्धमा सहमती भइसकेको बताउनु भयो । उहाँले प्रतिपक्ष दलहरुको पनि विधेयकको सम्बन्धमा विमति नरहेको उहाँको भनाई छ ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्न पनि मिल्ने भन्दै सबैले विश्वासको मत दिँदा राम्रो हुने बताउनु भयो ।