काठमाडौं– साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से आइतबार ६ दशमलव ९० विन्दुले घटेर एक हजार नौ सय २६ दशमलव ४० विन्दुमा झरेको हो ।
जलविद्युत्, होटल र निर्जीवन बीमा समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । दुई सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार कित्ता शेयर एक अर्ब ६ करोड ९८ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
आइतबार सबैभन्दा धेरै सृजनशील लघुवित्तको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आइतबार शुभम् पावर कम्पनी, मानुषी लघुवित्त र युनिक नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया