काठमाडौं । आइतबारको बैठकमा प्रतिपक्षी बेन्चमा बसेको दिन नै नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्रीको खोजी गरेको छ ।
उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित हुनुहुन्थ्यो । तर संवैधानिक परिषद सम्बन्धी विधेयक सरकारका तर्फबाट पेश गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरुले विरोध गरेका हुन् ।
एमाले सांसद रघुजी पन्तले संसदमा सरकारका कामकारबाहीका विषयमा धेरै प्रश्न उठेको भन्दै प्रधानमन्त्री आफैले ती विषयमा जवाफ दिनुपर्ने र विधेयक पनि प्रधानमन्त्रीले नै पेश गर्नुपर्ने बताउनुभयो ।
उहाँले यो विषयमा सभामुखबाट रुलिङ गर्न पनि माग गर्नुभइको छ । तर सभामुख देवराज घिमिरेले सञ्चारमन्त्रीलाई नै विधेयक प्रस्तुत गर्ने अनुमति दिनुभएको थियो ।
प्रतिक्रिया