देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिआरआई परियोजना सफल कार्यान्वयनमा ल्याउन नेपाल सरकार दृढ छ: श्रेष्ठ

देशान्तर

काठमाडौं– उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकार चीनको बेल्ट एण्ड रोड (बिआरआई) परियोजनालाई सफल कार्यान्वयनमा ल्याउन दृढ रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘चाईना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो परियोजनाको कार्यान्वयनमा केही ढिलाइ भएको स्विकार गर्दै  त्यसलाई पूर्ण कार्यान्वयनमा ल्याउन नेपाल सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।

उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजनाको सफल र शिघ्र कार्यान्वयनमा नेपालको हितमा रहेको उल्लेख गर्दै त्यसका लागि नेपाल सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्न आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नेपाल एक चीन नीतिप्रति पूर्ण रूपमा प्रतिवद्ध रहेको कुरा दोहोर्‍याउन चाहन्छु। पछिल्लो समयमा विश्व राजनीतिमा भइरहेको अभूतपूर्व परिघटनाहरूलाई हामीले नजिकबाट अध्ययन गरिरहेका छौँ। नेपाल बिआरआईलाई पूर्ण कार्यान्वयनमा ल्याउन प्रतिवद्ध रहेको छ। र, हालसम्म केही ढिलाइ भएको भएपनि नेपालको विकास र समृद्धिको यात्राका लागि चीनसँगको सहकार्य र बिआरआई परियोजनाको कार्यान्वयन नयाँ कोशेढुंगा हुनेछ भन्नेमा हामी आशावादी छौंँ।नेपाल सरकार बिआरआईको सफल कार्यान्वयनमा ढृढ रहेको छ।’

त्यस अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल चिनियाँ ऋणको पासोमा परेको भन्ने भ्रमात्मक प्रचारबाट प्रभावित नभएको स्पष्टीकरण दिए ।

उनले चीनबाट नेपालको ठूला पूर्वाधार निर्माणमा देखिएको आर्थिक अभाव पूरा हुने अपेक्षा गरिएको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल-चीन सम्बन्ध पारस्पारिक, मैत्रीपूर्ण र सुमधुर रहेको पनि दोहोर्‍याए ।