देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री प्रचण्डको आश्वासनपछि बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन फिर्ता

देशान्तर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासनपछि बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन फिर्ता भएको छ । मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड र उद्योगी व्यवसायीबीच भएको छलफलपछि आन्दोलन फिर्ता भएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका थिए ।

पछिल्लो समयमा देशभरका करिब ६० भन्दा बढी संघसंस्था मिलेर बैंकविरुद्ध आन्दोलन गर्दै आएका थिए । उक्त आन्दोलनको नेतृत्व महासंघका तर्फबाट श्रेष्ठले गरेका थिए ।

बैंकविरुद्धको आन्दोलनको मुख्य माग ब्याजदर एकल अंकमा ल्याउनु पर्ने थियो