काठमाडौं– देशभरका उद्योगी व्यवसायीले नेपाल राष्ट्र बैंक घेराउ गरेका छन् । केही समयदेखि चरणबद्ध सडक आन्दोलन गर्दै आएका देशभरका उद्योगी व्यवसायीहरूले मंगलवार बालुवाटारस्थित नेपाल राष्ट्रबैंक अगाडि आन्दोलन गरेका हुन् ।
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको अवस्थामा बैंकहरूले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएको भन्दै बैंकविरुद्ध सडक संर्घषमा उत्रिएका हुन् ।
देशभरका उद्योगी व्यवसायीले राष्ट्रबैंक अगाडि पुगेर व्यवसायीहरूको पीडा महसुस गराउन ध्यानाकर्षण समेत गरेका छन् ।
आन्दोलनमा व्यवसायीहरूले बैंकिङ आतंक बन्द गर, ब्याजदरमा स्थिरता कायम गर, चालू पुँजीकर्जा मार्ग निर्दशन स्थगन गर,ब्याजदर हामीलाई चर्को भो, गरिखान गाह्रो भयो, उच्च सेवा शुल्क बन्द गर लगायतका नारा लेखिएका प्लाकार्ड बोकेर विरोध गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, उद्योग परिसंघ लगायतका केन्द्रीय महासंघहरूसँग आबद्ध वस्तुगत संघहरू आन्दोलनमा उत्रिएका छन् ।
प्रतिक्रिया