काठमाडौं– लगातार दोस्रो दिन सोमवार पनि शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से २४ दशमलव ६८ अङ्कले घटेर १ हजार नौ सय ५१ दशमलव २१ विन्दुमा झरेको छ ।
सबै समूहको शेयर सोमबार ओरालो लागेको छ । बजारसँगै कारोबार रकम पनि निकै घटेको छ । दुई सय ५६ वटा कम्पनीको ३३ लाख ६९ हजार कित्ता शेयर एक अर्ब १६ करोड २५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको छ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
सोमबार सबैभन्दा धेरै खप्तड लघुवित्तको शेयर साढे सात प्रतिशत तथा आदर्श लघुवित्त, हिमालयन बैंक र नदिप लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि शुभम् पावर कम्पनीको शेयर भने सोमबार १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया