देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्ववियु निर्वाचन : आज उम्मेदवारी फिर्ता लिने दिन

देशान्तर


स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तरगत आज उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन पाउने छन् । त्रिभुवन विश्वविद्यालयका अनुसार आज अपरान्ह १ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय सिमा छुटाईएको छ ।

स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ । अहिले सम्म उपत्यका र उपत्यका बाहिरका ७–७ वटा गरि १४ क्याम्पसमा निर्वाचन प्रक्रिया अझै सुरु हुन सकेको छैन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख प्रा.डा. पशुपति अधिकारीका अनुसार देशैरभका ६२ आंगिकमध्ये ५० भन्दा बढी क्याम्पसमा उम्मेदवारी दर्ता प्रक्रिया पूरा भएको छ । उपत्यका बाहिर पृथ्वीनारायण पोखरा, पाल्पा, चितवन, वीरगन्जको ठाकुरराम, सिराहा, धौलागिरि क्याम्पस वागलुङगलगायत केही क्याम्पसमा निर्वाचन प्रकृया सुरु हुन सकेको छैन् ।

ती क्याम्पसहरूमा विधार्थि संगठन तथा आन्तरिक विवादले निर्वाचन प्रकृया टुङ्गो नलागेको हो । स्ववियु निर्वाचन निर्देशिकामा निर्वाचन स्थगित भए त्यसको ३० दिनभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । ३० दिनभित्र निर्वाचनको प्रकृया पुरागर्ने जिम्मेवारी क्याम्पस प्रमुखलाई दिइएको अधिकारीले वताउनु भयो ।

६२ वटा आंगिक क्याम्पस मध्ये गोरखा क्याम्पस र धनकुटा क्याम्पसमा निर्विरोध स्ववियु नेतृत्व चयन भएको छ । यस्तै सामुदायिक क्याम्पसतर्फ ५० भन्दा बढीमा निर्विरोध नेतृत्व चयन भएको छ । स्ववियुका लागि गत फागुन २७ गते उम्मेदवारी दर्ता भएको थियो ।