काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार करिब २७ अंकले घटेको छ । करिब १ अर्ब ६६ करोड ६९ लाख माथिको कारोबार हुँदा नेप्से परिसूचक २६ दशमलव ८० अंकले गिरावट आएको हो ।
आइतबार सबै उपसूचकहरु राताम्मे भएका छन् । जसले गर्दा २६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ ।
त्यस्तै, ६ वटा कम्पनीको भने मूल्य स्थिर रहेको छ । आइतबार सबैभन्दा धेरै गुमाउनेमा बीमा कम्पनी रहेका छन् । जीवन बिमा कम्पनी उपसूचक करिब १३९ अंकले घटेको छ भने निर्जिवन बीमा कम्पनी ११७ अंकले घटेको छ । त्यस्तै, लघुवित्त उपसूचक करिब ३० अंकले, विद्युत ३८ अंकले, विकास बैंक ४६ अंकले, होटल तथा पर्यटन क्षेत्र ३१ अंकले घटेको छ ।
आइतबार धेरै कमाउने कम्पनीहरुमा क्रमश शुभम् पावर लिमिटेड, नबिल डिभेन्चर, यूनीक नेपाल लघुवित्त, नदिप लघुवित्त र गरिम डिभेन्चर रहेका छन् ।
त्यस्तै, धेरै गुमाउनेमा गुडबिलको फाइनान्सको डिभेन्चर, हिमालयन बैंक, नेपाल इन्स्यूरेन्स, खप्तड लघुवित्त र आदर्श लघुवित्त रहेका छन् ।
प्रतिक्रिया