देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शान्ति सम्झौताका काम चाँडै पूरा गर्न माओवादी घटकको दबाब

देशान्तर

काठमाडौं– माओवादी घटक ९ दलले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग माग गरेका छन् । आइतबार ९ दलले संयुक्त विज्ञप्ति जारी गर्दै तत्कालै कानुन बनाएर शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग माग गरिरहेका हुन् ।

‘विस्तृत शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न हामी सरकारसँग विशेष अपिल गर्दछौँ । विस्तृत शान्ति सम्झौता र त्यसलाई आफ्नो अभिन्न अंग मानेको नेपालको संविधानले द्वन्द्वन्कालीन घटनाहरूको निरूपण गर्ने जिम्मेवारी सत्य निरूपण तथा मेलमिलाप आयोगलाई दिएको छ । यो ऐतिहासिक सन्दर्भ र संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताका विरुद्धमा हुने तथ्य पनि स्पष्ट छ ।’

९ दलले केही समय यता संक्रमणकालीन न्यायका सम्बन्धमा चलिरहेका चर्चाहरूप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको दाबी गरिएको छ ।