देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

देशान्तर

काठमाडौं– आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट गरिएको छ । आइतबार बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो ।

यो कम्पनीको एक लाख ६९ हजार ७६० कित्ता आईपीओ दुई लाख १६ हजार ९७६ जनाले प्राप्त गरेका हुन् । तीमध्ये पाँचजनाले थप एक÷एक कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । १६ हजार ९७६ जनाले १० कित्ताका दरले आईपीओ पाएका छन् ।

आईपीओको नतिजा सीडीएस एन्ड क्लियरिङको वेबसाइट र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।

कम्पनीले गएको फागुन ११ देखि १५ गतेसम्म एक लाख ६९ हजार ७६५ कित्ता आईपीओ निष्कासन गरेको थियो । एक करोड ६८ लाख १३ हजार १८० कित्ताका लागि १५ लाख ३८ हजार ४६६ जनाले आवेदन दिएका थिए । तर, दुई हजार २०३ आवेदकले प्रक्रिया नपुर्‍याउँदा आवेदन अस्वीकृत भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।