काठमाडौं– उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवको उमेदवारी कायम भएको छ । उम्मेदवारी विरुद्ध जाँचबुझपछि निर्वाचन आयोगले उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो ।
आइतबार निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिमा यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने भएको उल्लेख गर्दै संविधानमा महिला नै हुनुपर्ने बाध्यकारी व्यवस्था नभएको जनाएको छ।
राष्ट्रपति पुरुष भएकाले उपराष्ट्रपति पनि पुरुष हुन नपाउने भन्दै रामसहायको उमेदवारी विरुद्ध उम्मेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले उजुरी दिएका थिए ।
प्रतिक्रिया