माओवादी घटकले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् ।जनयुद्धकालिन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट सम्बोधन गर्न थालेकोमा आपत्ति जनाएका माओवादी घटकले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी घटक दलका सबै शीर्ष नेताहरू, नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवालाहरुको उपस्थितमा पत्रकार सम्मेलन गरिने माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले जानकारि दिनुभयो ।
माओवादी केन्द्र र माओवादी घटक दलहरूले सर्वोच्चको कदम प्रति आपत्ति जनाएपनि सर्वोच्च अदालतले भने माओवादी अध्यक्ष प्रचण्डलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन वा वारेसमार्फत जवाफ दिन कारण देखाऊ आदेश दिएको छ ।
प्रतिक्रिया