काठमाडौं– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भर्खरै सुनुवाइ सकिएको हो ।
सुनुवाइ सकिएसँगै शुक्रबारै फैसला आउने बताइएको छ ।
शुक्रबारको सुनुवाइमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइटेल ध्रवलाल श्रेष्ठले बहस गरेका थिए ।
हिजो न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासमा पेशी तोकिए पनि बेन्च नै बस्न नसकेपछि स्थगित भएको थियो । माघी पर्वका अवसरमा २०७६ माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने बताएका थिए ।
यही अभिव्यक्ति बमोजिम पक्राउ गरी छानबिन गर्नुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया