स्थानीय विकास मन्त्रालयले कर्मचारी समायोजन अघि स्थानीय तहमा कर्मचारीहरुको बढुवा र पदपूर्ति नगर्न निर्देशन दिएको छ ।
कर्मचार समायोजनको काम अन्तिम चरणमा पुग्न लागेको र अहिले कर्मचारी सरुवा बढुवा गर्दा समायोजनमा असर पर्ने भन्दै मन्त्रालयले पदपूर्ति र बढुवा नगर्न निर्देशन दिएको हो ।
मन्त्रालयले स्थानीय स्वायत्त शासन नियामावली २०५६ को २२५ (ख) बमोजिम आवस्यक परे कार्यसम्पादन र अनुभवको मूल्यांकनद्वारा गरिने बढुवा भने गर्न सकिने बताएको छ ।
मन्त्रालयले केन्द्रमा भर्ना भएका कर्मचारीहरुको सरुवा,बढुवा र पदपूर्ति यसअघि नै रोक लगाइसकेको छ । मन्त्रालयले ०७३ फागुन ९ गतेपछि विज्ञापन भएका पदहरुमा अर्को व्यवस्था नहुँदासम्म बढुवा र पदपूर्तिको प्रक्रिया पनि अघि नबढाउन निर्देशन दिएको छ ।
प्रतिक्रिया