दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन आजदेखि काठमाडौँमा आयोजना हुने भएको छ । आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान भन्ने नारा दिइएको यस सम्मेलन विभिन्न सङ्घ संस्थाहरूसँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाजले आयोजना गरेको हो ।
अर्थतन्त्रका समसामयिक मुद्दाहरूमा बहस चलाई समाधानका उपायसहित सरकार, राजनैतिक दलहरू तथा नीति निर्माणमा संलग्न निकायहरूलाई कार्यान्वयनको लागि सुझाव दिने उद्देश्यका साथ दोस्रो अर्थशास्त्री सम्मेलन आयोजना गर्न लागिएको आयोजकल हो ।
सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहने आयोजकले जनाएको छ ।
आज उदघाटन सत्रमा एउटा र प्राविधिक सत्रमा १५ वटा समसामयिक विषयहरूमा कार्यपत्र प्रस्तुत हुने छ । अर्थशास्त्री सम्मेलनमा प्रधानमन्त्रीका साथै पूर्व प्रधानमन्त्रीहरू, पूर्व अर्थमन्त्रीहरू, राजनीतिक पार्टीका प्रतिनिधिहरू, राष्ट्रिय योजना आयोगका वर्तमान तथा पूर्व उपाध्यक्षहरू, राष्ट्र बैङ्कका गभर्नर तथा पूर्वगभर्नरहरु सहभागी हुने तयारि छ ।
प्रतिक्रिया