इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडको पोस्टमा ७ गोल गरेको छ । गयराति भएको खेलमा तेस्रो स्थानको युनाइटेडलाई पाँचौं स्थानमा उक्लिएको लिभरपुलले फराकिलो अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा लिभरपुललाई जिताउन कोडि गाक्पो, डार्विन नुनेज र मोहम्मद सलाहले दुई दुई गोल गर्दा रोबर्टो फिरमिनोले एक गोल थपेका थिए ।
४३ औं मिनेटमा रोबर्टसनको पासमा कोडी गाक्पोले ४३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा हार्भे इलियटको सहयोगमा नुनेजले अग्रता दोब्बर बनाए । ५० औं मिनेटमा कोडी गाक्पोले सलाहको पासमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । ६६ औं मिनेटमा सलाहले व्यक्तिगत गोल गर्दा लिभरपुल ४–० ले अघि बढेको थियो ।
नुनेजले व्यक्तिग दोस्रो तथा टिमका लागि पाँचौं गोल ७५ औं मिनेटमा गरेका थिए भने ८३ औं मिनेटमा सलाहले पनि व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ६–० ले अघि बढेको थियो ।
८८ औं मिनेटमा रोबर्टो फिरमिनोले व्यक्तिगत पहिलो गोल गर्दा लिभरपुल ७–० गोल अन्तरले विजयी भयो । जितसँगै लिभरपुल ४२ अंकका साथ पाँचौं स्थानमा उक्ल्एिको छ भने म्यानचेस्टर युनाइटेड ४९ अंकका साथ तेस्रो स्थानमा यथावत छ ।
प्रतिक्रिया