देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन्दीपले लिए नेपालका लागि दोस्रो विकेट

देशान्तर

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलामा घरेलु टिम यूएईविरुद्ध फिल्डिङ गरिरहेको नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन्।

सन्दीपले १३.४ आभेरमा ३८ बलमा १८ रन बनाएर खेलिरहेका वृत्या अरविन्दलाई कुशल भुर्तेलको हातबाट क्याच गराएका हुन्।

टस जितेर फिल्डिङ गरिरहेको नेपाललाई पहिलो ओभर बलिङ गरेका करण केसीले पाँचौं बलमा कुनै रन नदिई घरेलु टिमका ओपनर मुहम्मद वासिमलाई बोल्ड गरेका थिए।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालमा नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले यूएईलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

यूएईले १४ आभेर सकिँदा दुई विकेट गुमाएर ५३ रन बनाएको छ। नेपालले यो खेलमा जित निकाले एकदिवसीय मान्यता जोगाउन नेपाल एक कदम नजिक पुग्ने छ। पछिल्ला पाँच खेलमा विजयी रहेको नेपाल आज पनि सोही लय कायम राख्न चाहन्छ। विश्वकप छनोटको ग्लोबल छनोटमा पुग्न नेपाललाई बाँकी सातै खेल जित्नु पर्ने दबाब छ।

नेपाली टिममा एक परिवर्तन भएको छ। बलात्कारको आरोप लागेका सन्दीपको मुद्दा नटुङ्गिएकाले सन्दीप लामिछानेलाई देश बाहिर जाने अनुमति दिएको थिएन। यद्यपि, सर्वोच्चले खेल सकिएको १५ दिन भित्र देश फर्किनु पर्ने शर्त राखेर अनुमति दिएपछि सन्दीप बुधबार यूएई पुगिसकेका छन्।