देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच एकीकृत कारोबार शुरु

देशान्तर

काठमाडौं– सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच बुधबारबाट एकीकृत कारोबार सुरु भएको छ । बुधबार काठमाडौंमा एक मर्जर कार्यक्रम गर्दै सिद्धार्थ र प्रिमियर दुई इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेको हो ।

एकीकृत कारोबारको उद्घाटन बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरे । उनले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स बीचको एकीकृतको उद्घाटन गर्दै बिमा कम्पनीले पुँजी मात्र वृद्धि गर्ने भन्दा पनि राम्रो पोलिसी ल्याएर व्यापार गर्न सक्नुपर्ने बताए ।

उनले पछिल्लो समय भइरहेको इस्योरेन्सहरूको मर्जर स्वतः स्फुर्त भएको बताए । उनले कम्पनीहरूले नीति निर्देशनमा बसेर बिजनेस गर्न सक्नुपर्ने बताए । उनले बिमा कम्पनीको लोगो परिवर्तन गरेर, पुँजी बढाएर मात्रै बिमाप्रतिको विश्वास बढ्न नसक्ने बताए ।

उनले पुँजी अनुसारको व्यवसाय गरे, बजारमा सकारात्मक इमेज राख्नसके, बिमा दाबी भुक्तानी समयमा दिन सके मात्रै बिमाप्रतिको विश्वास बढ्ने बताए । उनले बिमा कम्पनीले समयमा दाबी भुक्तानी नगरे ग्राहकले बिमाप्रति नकारात्मक धारणा बनाउने बताए ।

अध्यक्ष सिलवालले बिमा कम्पनीहरू काठमाडौं केन्द्रित भएको बताउँदै अब काठमाडौंबाहिर पनि कम्पनीहरूले बिमा गर्नुपर्ने बताए । उनले कम्पनीका कर्मचारीलाई बिजनेस गर्न र दाबी परेपछि तिर्न पनि सिकाउनुपर्ने बताए । उनले अब क्षेत्र अनुसारको नीति ल्याउन आवश्यक रहेको बताए । उनले कम्पनीलाई आफैँ पुँजी बढाउन वा मर्जरका माध्यमबाट पुँजी बढाउनसक्ने दुई विकल्प मध्य मर्जर रोजेको बताए ।

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले दुई इन्स्योरेन्सको अनुभव र क्षमताले नेपालको बिमा क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने विश्वास लिएको बताए । उनले ग्राहकहरूलाई गुणस्तरिय बीमा सेवा दिने मर्जरको एक मात्रै उद्देश्य रहेको बताए । उनले मर्जरपछि विगतको भन्दा सबल र सक्षम भएर लाग्ने बताए ।