काठमाडौं– इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार आईओसीले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ २१ पैसा, डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ ५ पैसा, मट्टीतेलमा तीन रुपैयाँ ४० पैसा र हवाई इन्धनमा सात रुपैयाँ तीन पैसा घटाएर पठाएको हो ।
त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको निगमले बताएको छ ।नयाँ मूल्य सूची अनुसार निगमलाई आगामी १५ दिनमा ४४ करोड रुपैयाँ फाइदा हुने देखिएको छ ।
नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ । भारतबाट खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएपनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निगमले जनाएको छ ।निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हाललाई इन्धनको मूल्य यथावत राख्ने निर्णय भएको छ ।
प्रतिक्रिया