काठमाडौं– सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताएका छन् । बुधवार नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले इञ्जा डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सञ्चारकर्मीहरुको हक अधिकार र व्यवसायिक दक्षताको लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयकहरु अल्झिरहेका, विवादमा रहेर रोकिएकाले तिनीहरुलाई अघि बढाउन आफू तयार रहेको बताए ।
उनले रोकिएका विधेयकहरुमा सञ्चारमाध्यमहरुसँग बसेर छलफल गर्न र असंसदमा अघि बढाउने प्रक्रियामा पुग्न आवश्यक रहेको बताए । सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले खोजमुलक र जनतामुखी समाचार सम्प्रेषण प्रशारण गर्नुपर्ने बताए ।
उनले अवस्था परिवर्तनको लागि पत्रकारिताको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै समृद्ध समाज बनाउन र प्रजातन्त्रलाई बलियो बनाइ राज्य सञ्चालनका अंगहरु व्यवस्थापिका र कार्यपालिकालाई प्रभावकारी बनाउन सञ्चारमाध्यमहरुको भुमिका उल्लेखनीय रहेको बताए ।
प्रतिक्रिया