देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एन्फा बैठकमा चर्को विवाद, पदाधिकारीबीच झण्डै हात हालाहाल

देशान्तर

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिमा चर्को विवाद भएको छ ।

संस्थापन र असन्तुष्ट पक्षबीच झण्डै हात हालाहातको अवस्था बनेको थियो । त्यसक्रममा टेबलको सिसा समेत फुटेको छ ।

२१ सदस्यीय कार्यसमितिका १० जनाले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीलाई बैठकको एजेण्डा बनाउन माग गरेका थिए । तर अध्यक्ष पंकजविक्रम नेम्वाङले एजेण्डामा नराख्ने निर्णय गरे । कार्यसमितिको बुधबार सुरु भएको बैठकमा नेम्वाङले आफूले अध्यक्षको अधिकार प्रयोग गरेर यसलाई एजेण्डामा समावेश नगरेको बताएका थिए ।

तर असन्तुष्ट पक्ष सहमत भएनन् । त्यसक्रममा उपाध्यक्षद्वय दीर्घबहादुर केसी र दावा लामा लगायतका बीचमा भनाभन भएको थियो । एक जनाले टेबल ठोक्दा सिसा नै फुटेको छ । ‘झण्डै हात हालाहालको अवस्था थियो,’ स्रोतले भन्छ ।

आफूहरुको मागअनुसार महासचिव र कोषाध्यक्षको बर्खास्तीलाई बैठकको एजेण्डा नबनाएको भन्दै १० जनाले उपस्थितिमा हस्ताक्षर गरेका छैनन् । असन्तुष्ट १२ जनामध्ये मनिष जोशी देश बाहिर छन् भने सरिला श्रेष्ठ संस्थापनतिर उभिएकी छन् । बैठकमा उपस्थितमध्ये १०/१० जना बाँडिएका छन् ।

असन्तुष्ट पक्षको बैठकले अध्यक्ष अल्पमतमा परेको भन्दै बैठकको बैधानिकतामै प्रश्न उठाएका छन् । संस्थापन पक्षले भने अध्यक्ष नेम्वाङसहित १० जनाको सहमति भएको भन्दै बैठक चलाएका छन् ।