काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गरेका छन् । मंगलवार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै प्रचण्डले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने भन्दै मर्यादा र संस्कृति स्थापित गर्न पनि खेल क्षेत्र महत्वपूर्ण रहेको बताए ।
उनले खेलकुदले राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गरे ।
उनले सरकारको तर्फबाट देशका सबै प्रदेशहरूमा, सबै पालिकाहरूमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति, योजना र कार्यक्रम बनाएको बताए ।
प्रतिक्रिया