काठमाडौँ– काठमाडौं उपत्यकामा यसपालिको पहिलो हिउँदे वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाकी बरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आइतबार अपरान्हदेखि काठमाडौंमा वर्षा भइरहेको छ ।
पश्चिमी वायुको प्रभावका कारण आइतबार देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ । गण्डकी प्रदेशको पोखरामा असिनासँगै वर्षा भएको छ भने लमजुङ, गोरखालगायत क्षेत्र हल्का वर्षा भएको छ ।
प्रि–मनसुनको अवधि सुरू हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सजगता अपनाउन मौसमविद् कँडेलले आग्रह गरेकी छन् । केही घन्टामै पानी रोकिएर आकाश खुल्ने भए पनि मंगलबार दिउँसो भने मौसम बदली हुने सम्भावना रहेको उनले बताइन् ।
प्रतिक्रिया