देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एशियन हाइड्रोपावरको आइपिओ बाँडफाँट

देशान्तर

काठमाडौँ– एशियन हाइड्रोपावरको आइपिओ बाँडफाँट भएको छ ।  बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आइतबार बिहान भएको बाँडफाँटमा ६९ हजार ७२० जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।

उक्त आइपिओमा कुल १४ लाख ३२ हजार २२२ जना आवेदकले आवेदन दिएकामा ६ हजार ५०२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म ६ लाख ९७ हजार २०० कित्ता आइपिओ बिक्री खुला गरेको हो ।  कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुन आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ ।

यस्तै, ४२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरेर कम्पनीका कर्मचारीहरूको लागि १६ हजार ८०० कित्ता सेयर सुरक्षित गरेर बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई वितरण गरेको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् ।