काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी शुक्रबार कतार जानुहुने भएको छ । उनी अतिकम विकसित मुलुकहरू एलडीसीको सम्मेलनमा भाग लिन कतार जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड फागुन २२ गतेसम्म सम्मेलनमा रहने छन् । एलडीसीको यो पाँचौं सम्मेलन हो ।
फागुन २१ देखि २५ गतेसम्म आयोजना हुने अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा सरकार एवम् राष्ट्र प्रमुखहरू सहभागी हुनेछन् ।
तेस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो ।
उक्त सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री विमला राई पौड्याल पनि कतार जानेछिन् ।
प्रतिक्रिया