काठमाडौँ – दुई खेलाडीको शतकीय बिस्फोटक ब्याटिङसँगै यु–१९ आईसीसी विश्वकपको एसिया छनोटमा नेपालले कुवेत समक्ष ३ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
युएईको मलेक क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन जोड्यो। नेपालका लागि अर्जुन कुमाल र देब खनालले सानदार शतकीय पारी खेले।
खनालले सर्वाधिक १ सय २५ रनको योगदान गर्दा अर्जुन कुमालले १०८ रन जोडे। १ सय १७ बलको सामना गरेका खनालले ९ चौका र ३ छक्का प्रहार गरे। १ सय १२ बलको सामना गरेका कुमालले १२ चौका प्रहार गरे।
विशालबिक्रम केसीले २३ तथा दीपक प्रसाद डुम्रे २० रनमा अविजित रहे। बलिङतर्फ कुवेतका अर्श साहिल काजमी र हेनरी थोमसले समान २र२ विकेट लिए ।
पहिलो खेलमा उत्कृष्ट जित हात पारेको नेपाल आज लगातार दोस्रो जितको लक्ष्यमा छ। केहीबेरमै कुवेतले जवाफी ब्याटिङ गर्नेछ।
जारी प्रतियोगितामा प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन्। सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनिको विश्वकप खेल्न पाउनेछ ।
प्रतिक्रिया