काठमाडौँ – भारतको बाटो हुँदै स्थलमार्गबाट पाकिस्तान भ्रमण गर्ने नेपालीका लागि खोप कार्ड अनिवार्य गरिएको छ ।
पाकिस्तानस्थित नेपाली राजदूतावासले शुक्रबार सूचना जारी गर्दै खोप कार्ड अनिवार्य गरिएको जनाएको छ ।
“भारतको बाटो हुँदै स्थल मार्गबाट पाकिस्तान भ्रमण गर्नुहुने नेपाली नागरिकले यात्रा गर्नुपूर्व आवश्यक भिषा, खोपलगायत कागजातहरू दुरूस्त नभई यात्रा गर्दा समयमा यात्रा गर्न नपाउने र यात्राको प्रक्रियामा विलम्ब हुने गरेको छ,” पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया