काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले केन्द्रीय राजधानीमा पानीको समस्या विकराल रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्ने क्रममा पौडेलले काठमाडौंको पानीको समस्या सम्बोधन गर्ने सरकारको योजना समेत माग गरे ।
प्रतिदिन ४७ करोड लिटर पानी आवश्यक रहेको काठमाडौंमा पुग नपुग १७ करोड लिटर आपूर्ति हुने गरेको बताए । मेलम्चीबाट ल्याइएको १७ करोड लिटर भनिए पनि चुहावटले गर्दा त्यस बराबरको पानी पुग्न नसकेको संसदमा उनले बताए ।
‘काठमाडौंका ६५ प्रतिशत घरमा धारा छ, तर पानी आउँदैन । शुल्क भने तिरिरहनु परेको छ,’ पौडेलले भने, ‘ट्यांकर र जमिनमुनिको पानी तानेर पूर्ति गर्नुपर्ने वाध्यता छ । यो भयावह अवस्थाको सम्बोधन गर्न सरकारको योजना के छ?’ राज्यको अभिभारा, एक घर एक धारा नारा भए पनि कार्यान्वयन हुन नसकेको पौडेलले बताए ।
प्रतिक्रिया