काठमाडौं । राखेप सदस्यसचिवले सरकार परिवर्तनसँगै थप असहज परिस्थिति उत्पन्न हुन सक्ने भन्दै अवैधानिक जीवनराम श्रेष्ठ समूहसँग भुटान जान आनाकानी गरेपछि अहिले यी दुईबीचको सम्बन्ध केही बिग्रिएको छ ।
सदस्यसचिव विष्टले जान नमानेपछि र अन्य कोही सरकारी प्रतिनिधि सहभागी नहुने भएपछि युवा तथा खेलकुद मन्त्रालयका थपलिया थरका सहसचिव सुटुक्क थिम्पु पुगेका छन् ।
एकातिर युवा तथा खेलकुद मन्त्रीले जीवनराम श्रेष्ठ समूहलाई सार्वजनिक कार्यक्रममा नै बहिष्कार गर्ने र अर्कोतर्फ मन्त्रालयका कर्मचारी नै लुकेर विदेश जाने योभन्दा लज्जापद विषय अर्को के हुन सक्ला ? यता अध्यागमन विभागले पनि यसरी राज्यको कानुनको खिल्ली उडाउने जीवनराम श्रेष्ठ समूहलाई पटकपटक विदेश जानका लागि सहजै अनुमति दिनुले कतै उनीहरू पनि आर्थिक प्रलोभनमा त परेका छैनन् भन्ने आशंका उत्पन्न भएको छ ।
प्रतिक्रिया