देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भाखा नाघेको ३० दिनभित्र कर्जाको सावाँ-ब्याज तिरे जरिबाना नलाग्ने

देशान्तर

काठमाडौँ–  नेपाल राष्ट्र बैंकले अब भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना नलाग्ने जनाएको छ । बैंकले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो जानकारी गराएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार यस्तो सहुलियत २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको सावाँ र ब्याजमा मात्र लागु हुने भएको छ ।

तर, कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको सावाँ र ब्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित शर्त बमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन भने बाधा नहुने नेपाल राष्ट्र बैंकको नयाँ नियममा उल्लेख छ ।