देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोदीको पूर्वराजालाई चेतावनी: आफ्नो ठाउँमा बस्नुस्

देशान्तर

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन् । शुक्रवार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले काठमाडौंमा आयोजना गरेको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठिक ठाउँमा बस्न चेतावनी दिएका हुन् ।

उनले एक, दुई हजार मान्छे जम्मा हुँदैमा पूर्वराजाले म नै राजा हुँ भन्ने सोचिरहेको भन्दै त्यस्तो नसोच्न चेतावनी दिए । देशमा गणतन्त्र आइसकेको र जनताको छोराछोरी राष्ट्रपति बन्न पाउने भन्दै उहाँले देश पश्चगमनतर्फ नफर्कने बताए । मानव जातिका लागि गणतन्त्र सबैभन्दा सुन्दर व्यवस्था भएको उनले बताए ।

मन्त्री मोदीले पूर्वराजा शाहलाई आफूहरुले सम्मानपूर्वक नै ठिक ठाउँमा बस्न आग्रह गरेको स्पष्ट पारे । उनले आफूहरुले देशलाई ठिक दिशा दिइरहेको भन्दै देशलाई खल्बल्याउनेहरुलाई खबरदारी गर्नुपर्ने बताए ।

मन्त्री मोदीले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताए । उनले देशको राजनीतिक अवस्था परिवर्तनका निम्ति पत्रकारहरुको ठूलो योगदान रहेको भन्दै प्रशंसा समेत गरे ।