देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त

देशान्तर

काठमाडौँ– एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको १६६ औँ बैठकले उनलाई सञ्चालक समिति अध्यक्षमा नियुक्त गरेको हो ।

त्यसअघि बैठकले राठीसँगै दिनेश भारीलाई सञ्चालकमा नियुक्त गरेको थियो । राठी र भारी एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । फागुन ५ गतेदेखि नै लागू हुने गरी बाँकी कार्यकालका लागि राठी र भारीलाई सञ्चालकमा नियुक्त गरिएको हो ।

यसअघि एनआईसी एशिया बैंकको तर्फबाट कम्पनीमा कपिल ढकाल र प्रकाश बरालले सञ्चालकको जिम्मेवारी पाएका थिए । एनआईसी एशिया बैंकको ५९० औं बैठकले ढकाल र बराललाई फिर्ता बोलाउने र राठी र भारीलाई प्रतिनिधि सञ्चालकमा मनोनयन गरी पठाउने निर्णय गरेको हो ।